एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन

  • प्रकाशित मिति : २०८३ भाद्र ४, बिहीबार
  • नेपाल टेल संवाददाता

बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।



चाँदी तोलामा २६० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ५९५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ८५५ रुपैयाँ कायम गरेको छ ।